aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

सबैको लघुवित्तको आईपीओ बिहीबार बाँडफाँड हुने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०७ साउन २०७६
सबैको लघुवित्तको आईपीओ बिहीबार बाँडफाँड हुने

काठमाडौं । सबैको लघुवित्तको आईपीओ बाँडफाँटको तयारी साउन ९ गतेको लागि भएको छ । विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलले उक्त दिन बाँडफाँटको तयारी भए पनि समय निश्चित नभएको जानकारी दिएको हो । 

आस्वा सदस्यहरुले लाइसेन्स नविकरण नगरेका कारण बोर्डले साउन १ गतेदेखि उक्त कम्पनीहरुबाट आवेदन दिन रोक लगाएको छ । सवैको लघुवित्तले साउन १ गतेदेखिनै आइपीओ जारी गरेकाले उक्त संस्थाको आवेदनको सम्बन्धमा स्पष्ट कुरा नआउकाले समस्या भएको विक्री प्रबन्धकको भनाई छ ।

 यस कम्पनीको आइपीओमा माग भन्दा ११ दशमलव ४७ गुणा बढी आवेदन परेको छ । ३ लाख ५ हजार ७६ जना आवेदकले ५७ लाख ३२ हजार ७१० कित्ताको लागि आवेदन दिएको विक्री प्रबन्धकले जानकारी दिएका छन् । कम्पनीले सर्वसाधारणका लागि ४ लाख ९५ हजार २५० कित्ता शेयर विक्री गरेको हो । 
 

प्रतिक्रिया दिनुहोस