aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

सिटिजन लाइफ इन्स्योरेन्स बन्यो डिजिटल बीमालेख जारी गर्ने पहिलो कम्पनी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १४ पुस २०७८
सिटिजन लाइफ इन्स्योरेन्स बन्यो डिजिटल बीमालेख जारी गर्ने पहिलो कम्पनी

काठमाडौं । ग्राहकवर्गहरुलाई सरल तथा सुलभ सेवा पुर्याउन नवीनतम योजनाहरु ल्याउन सदैव अग्रसर सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आजको आवश्यकतालाई ध्यानमा राख्दै आफ्नो सेवालाई समयानुकूल परिस्कृत गर्दै सहज तथा सर्वसुलभ गराउन “डिजिटल सिटिजन” अभियान अन्तर्गत डिजिटल (अभौतिक) बीमालेख सेवा सञ्चालनमा ल्याएको छ ।

अनिवार्य रुपमा भौतिक टिकट टाँस्नुपर्ने प्रावधानलाई सहज गर्दै बीमा समितिले बीमकले डिजिटल बीमालेख जारी गर्ने बाटो खुल्ला गरिदिए पछि, अभौतिक बीमालेख सञ्चालन गर्ने सिटिजन लाइफ इन्स्योरेन्स पहिलो कम्पनी हो । यस सेवाले कम्पनीको दक्षता बढाउनुका साथै, समयको बचत गराउँँदछ र कम्पनी र ग्राहक दुबैको लागी सजिलो वातावरण को सृजना गर्दछ ।

सिटिजन लाइफ इन्स्योरेन्सको “डिजिटल सिटिजन” अभियान अन्तर्गत अनलाईन मार्फत बीमा प्रस्ताव दाखिला गर्ने सफ्टवेयर प्रणाली पनि विगत २ बर्ष देखी सञ्चालनमा रहेको छ । यसका साथै अनलाईनबाट सजिलै दावी प्रकृया पनि अगाडी बढाउन सकिने कम्पनीले जनाएको छ ।

कम्पनीले विभिन्न तालिमहरु डिजिटल माध्यमबाट संचालन गरिरहेको छ । ग्राहक तथा अभिकर्ताहरुलाई कार्यालय सम्म आउनु पर्ने अवस्थालाई सहज बनाई समयको बचत गराउन र ग्राहक सेवालाई विश्व स्तरिय बनाउदै जाने क्रममा “डिजिटल सिटिजन” अभियान अन्तर्गत कम्पनीले आगामी दिनहरुमा पनि अरु थुप्रै आधुनिक तथा नवीनतम डिजिटल सेवाहरु प्रचलनमा ल्याउने योजना रहेको समेत कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्री पोषक राज पौडेलले जानकारी गराए ।

यसका साथै कम्पनीले ग्राहकहरुको सुविधालाई मध्यनजर गरी घरमै बसेर बीमाशुल्क तिर्न सकिने व्यवस्थाको लागी इ सेवा , फोन पे, कनेक्ट आइपिएस लगायतका डिजिटल बैकिङ्ग सुविधा र कम्पनीको बैंक खाताहरु उपलव्ध गराउनुका साथै ग्राहक तथा अभिकर्ताले कम्पनीसंगको कारोवार तथा विवरण आफैले हेर्न मिल्ने पोर्टल समेत प्रचलनमा ल्याएको छ ।

प्रतिक्रिया दिनुहोस