aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

मंसिर महिनामा निर्जीवन बीमा कम्पनीहरुले आर्जन गरे करिब ३ अर्ब बीमाशुल्क

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १५ पुस २०७८
मंसिर महिनामा निर्जीवन बीमा कम्पनीहरुले आर्जन गरे करिब ३ अर्ब बीमाशुल्क

काठमाडौं । मंसिर महिनामा मात्र २० निर्जीवन बीमा कम्पनीहरुले रू. २ अर्ब ८४ करोड ४१ लाख बीमाशुल्क आर्जन गरेका छन् । बीमा समितिले सार्वजनिक गरेको मंसिर महिनाको यी कम्पनीहरुको वित्तीय अवस्थाले यस्तो देखाएको हो । 

यी कम्पनीहरुले मंसिर महिनामा मात्र २ लाख ६७ हजार ८४३ बीमालेख जारी गरेको बीमा समितिको तथ्याङ्कले देखाएको हो । कात्तिक महिनाको तुलनामा भने यी कम्पनीहरुको बीमाशुल्क आर्जन रकम भने घटेको छ । कात्तिक महिनामा रू. २ अर्ब ८७ करोड ४८ लाख बीमाशुल्क आर्जन गरेका यी कम्पनीहरुले २ लाख ५४ हजार २९ बीमालेख जारी गरेका थिए । कुल बीमाशुल्क आर्जन रकम कात्तिक महिनाको तुलनामा घटेपनि जारी बीमालेखाको संख्यामा भने बृद्धि भएको तथ्याङ्कले देखाएको छ ।

मंसिर महिनामा बीमाशुल्क आर्जनमा शिखर इन्स्योरेन्सको अग्रता रहेको छ । शिखरले रू. २९ करोड ३१ लाख बीमाशुल्क आर्जन गरेको हो । यो महिना शिखरले २१ हजार ४५१ बीमालेख जारी गरेको छ । बीमालेख जारी गर्नेमा पहिलो नम्बरमा भने नेको इन्स्योरेन्स रहेको छ । बीमाशुल्क आर्जनमा पनि नेको इन्स्योरेन्स दोस्रो नम्बरमा रहेको छ । रू. २५ करोड ३९ लाख बीमाशुल्क आर्जन गरेको नेको इन्स्योरेन्सले २७ हजार ८९५ बीमालेख जारी गरेको हो । 

यो महिना नेशनल इन्स्योरेन्सको बीमाशुल्क आर्जन सबैभन्दा कम रहेको छ । नेशनल इन्स्योरेन्सले रू. ५ करोड ४२ लाख बीमालेख आर्जन गरेको हो । यस अवधिमा कम्पनीले २ हजार १४५ बीमालेख जारी गरेको छ ।

गत वर्षको मंसिर महिनाको तुलनामा यस वर्ष निर्जीवन बीमा कम्पनीहरुको बीमाशुल्क आर्जन रकम भने २७ दशमलव ३९ प्रतिशत बढेको छ । वार्षिक तथ्याङ्कलाई हेर्दा गत वर्ष रू. १२ अर्ब ११ करोड संकलन गरेका निर्जीवन बीमा कम्पनीहरुले यस वर्ष मंसिर मसान्तसम्म रू. १५ अर्ब ४२ करोड ६९ लाख बीमा शुल्क संकलन गरेका हुन ।

मंसिर महिनामा निर्जीवन बीमा कम्पनीहरुको अवस्थाः 

प्रतिक्रिया दिनुहोस