aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

गणपति लघुवित्त वित्तीय संस्थाको पाँचौ वार्षिक साधारण सभा शनिवार हुदै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १६ पुस २०७८
गणपति लघुवित्त वित्तीय संस्थाको पाँचौ वार्षिक साधारण सभा शनिवार हुदै

काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्थाको पाँचौ वार्षिक साधारण सभा शनिवार पुस १७ गते हुदैछ । सभा हइट हाउस पार्टि प्यालेस शुक्लागण्डी न.पा ४ दुलेगौडा तनहुँमा बिहान ११ बजे शुरु हुने जानकारी दिएको हो । 

सभाले १९ प्रतिशत बोनस शेयर र १ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारीत गर्नेछ । साथै सभाले  यस लघुवित्र वित्तीय संस्थाले एक वा एक भन्दा बढी उपयुक्त लघुवित्त वित्तीय संस्था एक आपसमा गाभ्ने वा गाभिने तथा प्राप्ती गर्ने वा प्राप्ती हुन जाने प्रयोजनको लागि आवश्यक कार्यहरु गर्नका लागि सञ्चालक समितीलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारीत गर्नेछ ।

त्यसैगरी आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारीत गर्ने र आव २०७८/७९ को लागि लेखापरिक्षकको नियुक्ती गर्ने र निजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारीत गर्नेछ । साधारण सभा प्रयोजनको लागि कम्पनीले पुस ७ गते देखि १६ गते सम्म बुक क्लोज गरेको छ । यस आधारमा पुस ६ गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।
 

प्रतिक्रिया दिनुहोस