
काठमाडौं । माउन्टेन हाइड्रो नेपाल लिमिटेडले छैठौं वार्षिक साधारण सभा पुस २९ गते गर्ने भएको छ । सभा कालिमाटि ब्याक्वेटमा बिहान ११ बजे शुरु हुने जानकारी गराएको हो ।
सभाले आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारीत गर्ने र आव २०७८/७९ को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारीत गर्नेछ ।
कम्पनीले साधारण सभा प्रयोजनको लागि पुस १५ गते बुक क्लोज गरिसकेको छ ।यस आधारमा पुस १४ गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन सक्नेछन् ।
प्रतिक्रिया दिनुहोस