aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

नेशनल लाईफ इन्स्योरेन्सको ७५ हजार कित्ता संस्थापक शेयर विक्रीमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १८ पुस २०७८
नेशनल लाईफ इन्स्योरेन्सको ७५ हजार कित्ता संस्थापक शेयर विक्रीमा

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कमपनी लिमिटेडले ७५ हजार कित्ता संस्थापक शेयर आइतवारदेखि लिलामीमा ल्याएको छ । कम्पनीले गणेश प्रोपर्टिज एण्ड डेभलपमेण्ट प्रा.लिको नाममा रहेको उक्त शेयर विद्यमान संस्थापक शेयरधनीहरुले मात्र खरिद गर्न पाउने गरी लिलामीमा ल्याएको हो ।

इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले यो शेयर खरिद गर्न चाहेमा आगामी ३५ दिनभित्र कम्पनीको केन्द्रिय कार्यालय लाजिम्पाट, काठमाडौंमा आवेदन दिनुपर्नेछ ।

तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरुबाट आवेदन प्राप्त नभएमा भने अन्य व्यक्ति तथा संस्थाहरुमा यो शेयर विक्री गरिने जानकारी समेत कम्पनीले दिएको छ ।
 

प्रतिक्रिया दिनुहोस