aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

अपाङ्गहरुलाई सक्षम बनाउँदै पुनर्स्थापना केन्द्र, बजेट अभावले लक्ष्यअनुसार काम भएन्

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १८ पुस २०७८
अपाङ्गहरुलाई सक्षम बनाउँदै पुनर्स्थापना केन्द्र, बजेट अभावले लक्ष्यअनुसार काम भएन्

काठमाडौं । वि.स २०३९ सालमा स्थापना भएको हो, अपाङ्गता पुनर्स्थापना केन्द्र । जसको मुख्य उद्देश्य अपाङ्गता भएका व्यक्तिहरुलाई व्यवसायिक र सिपमुलक तालिम दिइ गुणस्तरीय सेवा प्रदान गर्नु हो ।  

समाज कल्याण परिषद्बाट सञ्चालित यो संस्था पहिले सहायता कोष रहेको थियो । पछि यो शारीरीक रुपमा अपाङगता भएका व्यक्तिहरुको पुर्नस्थापना गर्ने लक्ष्य लिइ राष्ट्रिय अपाङग कोषमा परिणत भयो । 

यस संस्थाले शारिरीक रुपमा अपाङगता भएका व्यक्तिहरुका लागि फिजियो थेरापी सेवा,अकुपेशन सेवा र परामर्श सेवा दिदै आइरहेको छ । साथै स्पाइनल कर्ड, खुट्टा काटिएका, कुहिनाभन्दा माथि हात काटिएका एक साइड प्यारालाइसिस हड्डीको समस्या भएका सबै बिरामीहरुका लागि सेवा प्रदान गर्ने गरेको छ । 

सुरुवातको समयमा अपाङगता भएका व्यक्तिहरुलाई व्यवसायिक र सिपमुलक तालिम दिने गरेको राष्ट्रिय अपाङग पुर्नस्थापना केन्द्रका प्रोस्थेष्टिक तथा अर्थोटिष्ट रामबहादुर थापाले बताए । ‘पहिले अपाङता भएका व्यक्तिहरुलाई सिलाइ बुनाए, मोबाइल रिपेरिङ, कम्प्युटर ट्रेनिङ मैनबत्ती बनाउने जस्ता सिपमुलक तालिमहरु प्रदान गर्ने गरेको उनले बताए  । ’उनले भने, ‘अहिले स्थानिय स्तरबाट नै उक्त सेवा प्रदान गर्दै आएकाले हाल पुर्नस्थापनामा नै केन्द्रित रहेको छौं ।’

स्थापनाकालदेखि हालसम्म २० हजार अपाङगता भएका व्यक्तिहरु लाई यस संस्थाले सेवा प्रदान गरेको थापाले बताए । उनले भने, ‘यस संस्थाले हालसम्म २० हजार अपाङगता भएका व्यक्तिहरुलाई सेवा प्रदान गरिसकेको छ । भने वार्षिक १२ सय जनालाई सेवा प्रदान गर्नेलक्ष्य लिएका छौं ।’

बजेटको आधारमा सेवा सुविधा प्रदान गरिने भएकाले लक्ष्य अनुसारको सेवा सुविधा प्रदान गर्न नसकेको उनले सुनासो सुनाए । उनी भन्छन्, ‘अपाङगता भएका व्यक्तिहरुलाई बजेटको आधारमा सेवा सुविधा प्रदान गरिन्छ । जसले गर्दा लक्ष्य अनुसार सेवा प्रदान गर्न सकेका छैनौ । तर, आर्थिक रुपमा कमजोर भएका व्यक्तिहरुलाई निशुल्क सेवा समेत प्रदान भने गरिरहेका छौं ।’

यस संस्थामा महिला तथा बालबालिका मन्त्रालयबाट वार्षिक २० लाख र राष्ट्रिय युवा परिषद् बाट २० लाख बजेट आउने गरेको राष्ट्रिय अपाङग पुर्नस्थापना केन्द्रकी प्रशासनिक अधिकृत सुनिता पौडलले जानकारी दिइन् । उनी भन्छिन्, ‘यस संस्थामा वार्षिक ४० लाख बजेट आउँछ, जसमा २० लाख महिला तथा बालबालिका मन्त्रालयबाट आउँछ भने २० लाख र राष्ट्रिय युवा परिषद्बाट आउँछ ।’

साथै उनले सरकारसँग बजेट माग गरेपनि नपाएको गुनासो गरिन् । उनले भनिन्, ‘हामी केन्द्रीय सरकारसँग वर्षेनी बजेटको प्रस्ताव राख्छौं । तर, प्रदेश र स्थानियतहलाई देखाएर केन्द्रीय सरकार पन्छिन्छ । केही प्रदेश र स्थानियतहले अपाङगता भएका व्यक्तिहरुका लागि सहायता सामाग्री दिएपनि केहीले दिदैनन् ।’

पहिले यस संस्थाले अपाङगता भएकाहरुका व्यक्तिहरुलाई शिक्षा लागि छात्र वृद्धि दिने गरेको समेत उनले बताइन् । उनले भनिन्, ‘अपाङगता भएकाहरुका व्यक्तिहरुलाई सिपमुलक तालिमका साथै शिक्षा लागि छात्र वृद्धि समेत दिने गरेका थियौं । अहिले परामर्श सेवा कृत्रिम हात खुट्टा बैसाखी र अन्यसहायता सामग्री दिने गरेका छौं ।’

उनका अनुसार हाल यस संस्थामा प्राविधिक र वर्कशप पनि अपाङगमैत्री भएकाले शारिरीक अपाङगता भएका व्यक्तिहरुलाई नै प्राथमिकतामा राखेर सेवा दिने गरिएको छ । यस संस्थाबाट सेवा लिएका अपाङगता भएका व्यक्तिहरु कतिपयले रोजगारी पाएको उनी बताउँछिन् । उनी भन्छिन्, ‘सरकारले पनि अपाङगता कोटा छुट्ट्याइ दिएका कारण यहाँबाट सेवा लिएका धेरै व्यक्तिहरुले रोजगारी पनि पाएका छन् । भने केही व्यक्तिहरु व्यवसायिक रुपमा पनि सफल भएका छन् ।’

सरकारबाट अपाङगता भएका व्यक्तिहरुका लागि आवश्यक पर्ने सहायता सामग्रीको व्यवस्थापनमा चासो नदिएको उनी गुनासो गर्छिन् । उनले भनिन्, ‘कतिपय स्थानियतहलाई राष्ट्रिय अपाङगता पुर्नस्थापना केन्द्रकोबारेमा जानकारी नै छैन । जसले दर्ता उनीहरुले अपाङगता भएका व्यक्तिहरुलाई सहयोग गर्न नचाहिरहेको अवस्था छ ।’

राष्ट्रिय अपाङग पुर्नस्थापना केन्द्रको सञ्चालनका लागि कृतिम हात खुट्टा तयार पार्ने कच्चा सामग्री र मेसिनहरु हस्तकला महासंघले सहयोग गरेको उनले बताइन् । स्थानिय सरकारले अपाङगता भएका व्यक्तिहरुका लागि सहयोग गर्न चाहेमा पुनस्र्थापना केन्द्रले  उक्त ठाउँमा नै गएर क्याम्प सञ्चाल नगर्ने उनले बताइन् । उनले भनिन्, ‘अपाङग पुर्नस्थापनाको बारेमा कुनै स्थानिय तहले जान्न चाहेमा वा सहयोग गर्न चाहेमा हामी सोही ठाउँमा गएर क्याम्प सञ्चालन गर्न तयार छौं ।’ साथै उनले अपाङगता सहायता सामग्री खरिद गर्नका लागि बजेटको व्यस्थापन गरिदिन समेत माग राखिन् । 

केन्द्रका अनुसार कतिपय सहायता सामग्रीहरु बिग्रिए थन्क्याएर राख्नुपर्ने अवस्था आएको उनले बताइन । यस्ता सामाग्री मर्मत गर्ने दक्षजनशक्तिको अभावका कारण सहायता सामग्री बिग्रिएपछि थन्क्याएर राख्नु पर्ने अवस्था आएको हो । 

प्रतिक्रिया दिनुहोस