
काठमाडौं । युवा निर्देशक सरिता साहको निर्देशनमा ‘ढकियामे नागरिकता’ नाटकको पोस्टर सार्वजनिक भएको छ । उक्त नाटक माघ १ गतेदेखि १० गते सम्म हरेक दिन साँझ ४ ३० बजे शिल्पी थिएटर बत्तीसपुतलीमा प्रदर्शन हुनेछ ।
नाट्कको माध्यमबाट जन्मसिद्ध नागरिकता पाएका आमा बुवाको छोराछोरीले वंशजको आधारमा नागरिकताविहीन हुन पुगेको, विदेशी महिलाले नेपालीसँग विवाह गरी श्रीमान् मरेपछि नागरिकता न पाएको कारण राज्यले दिने विभिन्न सेवा सुविधाहरुबाट बञ्चित हुन पुगेको, भूमि नभएको कारण नागरिकता नपाएको जस्ता समस्याहरु देखाउने कोशिस गरिएको छ ।
राज्य सत्ताले नागरिकता जस्तो संवेदनशील विषयलाई नजरअन्दाज गर्दा लाखौँ नागरिकहरु अनागरिक हुनु परेको भन्दै साहले आफ्नो नाटकमार्फत आमनागरिकको समस्या जनसमुदाय समक्ष प्रस्तुत गर्ने बताएकी छन् ।
नाटकमा कलाकारहरु सरिता साह (महोत्तरी), अनिल कुर्मी (नवलपरासी), सुजिता साह (महोत्तरी), राज शर्मा पंगेनी (नवलपरासी), आदित्य मिश्रा (रौतहट), हाङ ओ राई (भोजपुर), रमिता यादव (सिरहा), संजय मुडियारी (मोरङ), सुदिप जंङ कार्की (मोरङ), सुदिप पटेल (धनुषा), सुस्मिता पोख्रेल (सुनसरी), आकाश झा (महोत्तरी) र प्रिन्सेज साहको अभिनय रहेको छ ।
प्रतिक्रिया दिनुहोस