
काठमाडौं । भगवती हाइड्रोपावर कम्पनीले आइपीओ निष्कासन गर्ने प्रक्रिया शुरु गरेको छ । कम्पनीले आइपीओ निष्काशन गर्नका लागि बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटललाई नियुक्त गरेसँगै प्रक्रिया शुर भएको हो ।
कम्पनीले कुल १४ लाख ३० हजार कित्ता आईपीओ निष्कासन गर्र्न तयारीमा रहेको हो । जसमध्ये ५ लाख ७२ हजार ६४ हजार कित्ता आयोजना प्रभावित क्षेत्रका बासिन्दाको लागि निष्काशन गर्नेछ भने बाँकी रहेको ८ लाख ५८ हजार ९८ कित्ता आइपीओ सर्वसाधारणको लागि निष्काशन गर्नेछ ।
कम्पनीले आवश्यक प्रक्रिया पुरा गरेर नियामक निकाय विद्युत नियमन आयोगबाट आइपीओ निष्कासनको स्वीकृती पाएपछि र नेपाल धितोपत्रबोर्डमा निवेदन दिएर स्वीकृती पाएपछि मात्र आइपीओ निष्कासन गर्नेछ । कम्पनीले कास्की जिल्लाको विजयपुर खोलामा ४ दशमलव ५ मोगावट क्षमताको जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस