aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

आइपिओ निष्कासन गर्दै जनरल इन्स्योरेन्स कम्पनी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०८ साउन २०७६
आइपिओ निष्कासन गर्दै जनरल इन्स्योरेन्स कम्पनी

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले तीस लाख कित्ता साधारण सेयर (आइपिओ) निष्कासन गर्ने भएको छ । कम्पनीले आगामी साउन २९ गते राजधानीमा डाकेको प्रथम वार्षिक साधारणसभाबाट कम्पनीको जारी पूँजी अन्तरगत सर्वसाधारण समूहका लागि छुट्याइएको ३० प्रतिशतका दरले हुने जम्मा ३० करोड को सेयर संख्या ३० लाख कित्ता सेयर आइपिओ सर्वसाधारण समक्ष निष्काशन गर्न लागेको हो ।

कम्पनी सञ्चालक समितिको मङ्गलबार बसेको बैठकले उक्त प्रस्ताव साधारणसभामा लैजाने निर्णय गरेको हो । साधारणसभाबाट कम्पनीको ठेगाना परिवर्तन गर्ने र सोको लागि प्रबन्धपत्र तथा नियमाबली संशोधन गर्ने, संस्थापक समुहबाट सञ्चालकहरुको निर्वाचन गर्ने तथा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्घारा प्रस्तुत आर्थिक वर्ष २०७४/७५ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने कम्पनीले जनाएको छ ।

साधारणसभाले आर्थिक वर्ष २०६४/६५ देखि २०७३/७४ सम्मको लेखापरीक्षण पारित गर्ने तथा सञ्चालक समितिबाट नियुक्त बाह्यय लेखापरीक्षकको नियुक्ती र पारिश्रमिक अनुमादन गर्ने पनि कम्पनीले जनाएको छ ।
 

प्रतिक्रिया दिनुहोस