aarthiknews.com मंगलबार, १४ जेठ २०८२   Tuesday, 27 May, 2025
 

अवैध रुपमा भित्रिएको भारतिय स्कारपियो पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २० पुस २०७८
अवैध रुपमा भित्रिएको भारतिय स्कारपियो पक्राउ

काठमाडौं । अवैध रुपमा भित्रिएको भारतिय निजी सवारी साधनलाई प्रहरीले पक्राउ गरेको छ ।  भन्सार छली नेपाल भित्र्याई पर्सा जिल्लाको ग्रामीण एरियाहरुमा अनाधिकृतरूपमा चलाइरहेको भन्ने प्राप्त सूचना अनुसार भारतीय नम्बरको स्कारपियो गाडी प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी कार्यालय श्रीपुरबाट खटीएको टोलीले वीरगञ्ज महानगरपालिका वडा नं १३ स्थित सडकखण्डमा बि आर ०५ एच ४९९५ नम्बरको गाडी सडकको छेउमा बेवारिसे अवस्थामा फेला पारेको हो । 

प्रहरीले हक दावी गर्ने व्यक्ति खोजतलास गर्दा कोही कसैले हक दावी गर्न नआएको हुँदा उक्त गाडीलाई बरामद गरी  १५ लाख मूल्याङ्कन गरी आवश्यक कारवाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको छ । 

प्रतिक्रिया दिनुहोस