
काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआइसी) नेपाल लिमिटेडको ७० प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीको १७ औं वार्षिक साधारण सभा साउन २४ गते नेपाल पुलिस क्लबको सभाहल भृकुटिमण्डपमा हुने भएको छ ।
साधारण सभाको प्रस्तावमा ३४ दशमलव ४६२ प्रतिशत बोनस शेयर र ३५ दशमलव ५३७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव छ । साधारण सभा प्रयोजनको लागि शेयरधनी दर्ता पुस्तिका साउन ९ गते देखि २४ गतेसम्म बन्द रहनेछ । उक्त लाभांश साउन ८ गते अर्थात आज सम्म कायम शेयरधनीले मात्र पाउनेछन् ।
प्रतिक्रिया दिनुहोस