aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

सेबोन अध्यक्ष नहुँदा २८ कम्पनीको आईपीओ रोकियो सूचिसहित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २१ पुस २०७८
सेबोन अध्यक्ष नहुँदा २८ कम्पनीको आईपीओ रोकियो सूचिसहित

काठमाडौं । पूँजीबजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डमा तीन महिनादेखि अध्यक्ष पद रित्त रहदाँ प्राथमिक बजारमा आईपीओ आउन सकेको छैन् । पछिल्लो समय सामलिङ पावर कम्पनीले कात्तिक ४ गते देखि ८ गते सम्म सर्वसाधारणमा आईपीओ विक्री गरेको थियो । त्यसपछि भने २८ कम्पनीहरुले आईपीओ निष्कासनको लागि बोर्डमा निवेदन दिएपनि स्वीकृति पाउन सकेका छैनन् । आईपीओको निवेदन दिनेमा १८ जलविद्युत कम्पनी, दुई बीमा कम्पनी, ६ लघुवित्त कम्पनी र दुई अन्य समूहका कम्पनीहरु रहेका छन् ।

नियामक निकाय नेपाल धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ती प्रकृया लम्बिदा आईपीओ स्वीकृति प्रकृया समेत लम्बिएको बोर्डले जानकारी दिएको छ । बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गानालाई बुक विल्डिङ्ग बिधिमार्फत आईपीओ जारी गर्ने तयारीमा रहेको सर्वोत्तम सिमेण्टको शेयर गैरकानुनी रुपमा खरिद गरेको आरोपमा गत असोज १९ गते बर्खास्त गरेको थियो । अध्यक्ष हुँदा दैनिक रुपमा हुने काम अध्यक्ष नहुँदा सञ्चालक समितिको निर्णयबाट मात्र हुने भएकाले आईपीओ निष्कासनको स्वीकृति प्रकृयामा ढिलाई भएको बोर्डका कार्यकारी निर्देशक एवम् निमित्त अध्यक्ष निरज गिरीको भनाई छ । यद्यपी अध्यक्ष नहुँदा आईपीओ निष्कासनको लागि स्वीकृति प्रकृयानै रोकिएको भन्ने कुरा सत्य नभएको उनको भनाई छ । 

आईपीओ निष्कासनको स्वीकृतिको पर्खाइमा रहेको २८ कम्पनीहरुभित्र डिस मिडिया नेटवर्क समेत रहेको छ । डिस मिडिया नेटवर्क लिमिटेडद्वारा सञ्चालित डिसहोमले सर्वसाधरणका लागि २३ करोड ८५ लाख ९२ हजार ९०० रूपैयाँ बराबरको २३ लाख ८५ हजार ९२९ कित्ता आईपीओ विक्रीको अनुमति माग्दै असार ३० गते नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको हो । हाल डिस मिडिया नेटवर्कको चुक्तापूँजी २ अर्ब १ करोड रूपैयाँ रहेको छ ।

सन् २००९ मा स्थापना भएको डिसहोम विक्रम सम्वत् २०७४ असार १८ गते पब्लिक कम्पनीको रुपमा रूपान्तरण भई आईपीओ निष्कासनको तयारीमा जुटेको हो । डिसहोम नेपालमा उच्च डिजिटल प्रविधिको टेलिभिजन च्यानलहरुको प्रशारण गर्ने सबैभन्दा ठुलो कम्पनी हो । यस कम्पनीको आईपीओ स्वीकृति प्रकृया समिक्षा र टिप्पणी पठाईसकिएको अवस्थामा रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस