aarthiknews.com मंगलबार, १४ जेठ २०८२   Tuesday, 27 May, 2025
 

यामाहा रेजेडआर १२५ एफआइ माइलेज च्यालेन्ज

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २१ पुस २०७८
यामाहा रेजेडआर १२५ एफआइ माइलेज च्यालेन्ज

काठमाडौं ।  रेजेड आर स्कुटरको माइलेजबारे ग्राहकलाई जानकारी गराउने उदेश्यले एमएडब्लु इन्टरप्राइजेजले नियमित रूपमा माइलेज प्रतियोगिता आयोजना गर्दै आएको  छ । मंसिर १७, २०२१ मा, यामाहा नेपालले आयोजना गरेको रेजेडआर १२५ एफआइ माइलेज च्यालेन्जमा उज्वला घिमिरे, प्रतिलिटर लिटर ६१.४२ किलोमिटरका साथ पहिलो बिजेता बनिन् ।

फेरी, उच्चतम फ्यूल इफिसिएंसीका लागि  रेजेडआर १२५ एफआई स्कुटरको र्‍याली बुधवार, पौष २१ गते सम्पन्न गरेको छ । महाराजगंजदेखि बुढानीलकण्ठ हुँदै झोर, बौडेश्वर ईको रिसोर्टसम्मको र्‍याली यामाहा शोरुम महाराजगंजबाट सुरु भएको हो । सबै रेजेडआर १२५ एफआइ चालकहरूलाई यामाहा शोरूम, महाराजगंजमा बिहान ९ बजे र्‍याली सुरु गर्न बिहान ८ बजे आइपुग्न भनिएको थियो ।

यस पटकको र्‍यालीको बिजेता प्रति लिटर ७५.८९ किलोमिटरका साथ विज्ञान अधिकारी बने। त्यसैगरी, प्रति लिटर ७४ केमीका साथ भिमबहादुर आले दोस्रो स्थान हासिल गर्न सफल भएका छन् । र संजिता महर्जन प्रति लिटर ७३.५ केमीका साथ तेस्रो भएकी छिन् ।

 यामाहाको रेजेडआर १२५ एफआई विशेष गरी फ्यूल इफिसिएंसीलाई प्राथमिकतामा राखेर बनाइएको स्कुटर हो । बजारमा प्रतिलिटर ५८ किलोमिटरसम्म उच्चतम माइलेज प्रदान गर्ने  एक मात्र स्कुटर हो । नयाँ रेजेडआर १२५ एफआईलाई बएस सिक्स् अनुरूप, एयर–कूल्ड, फ्युल–इन्जेक्टेड, १२५ सीसी ब्लू कोर इन्जिनका साथ माइलेजमा थप सुधार र शक्तिशाली  बनाइएको छ ।

ूनेपालका अटोमोबाइल कम्पनीहरूले आफ्नो बाइक वा स्कुटरको माइलेज लिखित रूपमा मात्र दाबी गर्छन् । तर यामाहाका लागि एमएडब्लु इन्टरप्राइजले त्यो प्रवृत्तिलाई परिवर्तन गरेको छ। यो माइलेज प्रतियोगितासँगै ग्राहकहरू रेजेडआर १२५ एफआईको टप माइलेजबारे अझ परिचित हुने कम्पनीले बताएको छ । 

एमएडब्लु इन्टरप्राइजका प्रमुख कार्यकारी अधिकृत राजु क्षेत्री भन्छन्, ‘हामीलाई आशा छ यो यस प्रतियोगिताले यस स्कुटरलाई बजारमा पहिचान बनाउन थप मद्दत गर्नेछ।’ यामाहा नेपालले आगामी दिनमा पनि आफ्ना ग्राहकहरूमा विश्वास बनाइराख्न  ग्राहकहरू स्वयम्‌लाई संलग्न गरी यस किसिमका र्‍याली निरन्तरता दिइरहनेछ ।

प्रतिक्रिया दिनुहोस