aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

यातायात व्यवस्था कार्यालयबाट ११ जना बिचौलिया पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २१ पुस २०७८
यातायात व्यवस्था कार्यालयबाट ११ जना बिचौलिया पक्राउ

काठमाडौं । यातायात व्यवस्था कार्यालयमा सेवा लिन आएका सेवाग्राहीहरुलाई बाधा पुर्याउने ११ जना विचौलिया पक्राउ परेका छन् । प्रहरीका अनुसार बिना इजाजत सेवा लिनेरदिने कार्यमा बाधा पुर्‍याई लाग्ने दस्तुर भन्दा बढी दस्तुर लिन खोजी छिटो छरितो काम गरिदिने भनी आश्वासन दिँदै हिड्ने ११ जना पक्राउ परेका हुन । 

जिल्ला उदयपुर ताप्ली गा.पा.वडा नं २ बस्ने खिल बहादुर मगरको छोरा बर्ष २४ का अजय मगर, जिल्ला सर्लाही राजघाट गा.पा.वडा नं.७ बस्ने यमराज खपाङ्गीको छोरा बर्ष २४ का हेम बहादुर खपाङ्गी, जिल्ला उदयपुर तावाश्री गा।पा।वडा नं ९ बस्ने चन्द्र बहादुर मगरको छोरा बर्ष २७ को सुरज मगर रहेका छन् ।
 
जिल्ला सर्लाही जानकी गा.पा.वडा नं ३ बस्ने बर्ष १९ को साजन मगर, जिल्ला रौतहट चन्द्रनिगाहपुर न.पा.वडा नं.१ बस्ने बर्ष ३३ को विश्ववल्लभ लामा, जिल्ला कास्की भरतपोखरी गा।पा।वडा नं १ बर्ष २४ को सृजन थापा,जिल्ला रौतहट चन्द्रनिगाहपुर न.पा.वडा नं.१ बस्ने गुणा ग्याल्मो लामाको छोरा बर्ष २४ को सुवास योन्जन लामा रहेका छन ।
 
जिल्ला लमजुङ दुधपोखरी गा.पा.वडा नं.८ बस्ने गज बहादुर गुरुङको छोरा बर्ष ३२ को मेघराज गुरुङ, जिल्ला बाँके नेपालगंज उ.म.न.पा.१९ बस्ने कुल बहादुर गिरीको छोरा बर्ष १९ को सुशान गिरी, जिल्ला काठमाण्डौ नागार्जुन न.पा.वडा नं.२ बस्ने सुरेश कुमार सुनुवारको छोरा बर्ष २८ को लक्ष्मण सुनुवार रहेका छन। जिल्ला रामेछाप उमाकुण्ड गा.पा.वडा नं ८ बस्ने पदम बहादुर सुनुवारको छोरा बर्ष ३२ को विज्ञान सुनुवारलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

जवरजस्ति सेवाग्राहीहरुलाई तानी अनावश्यक दुःख हैरानी दिई सार्वजनिक स्थानमा अशान्ति मच्चाई अभद्र व्यवहार गरिरहेको अवस्थामा निम्न लिखित ११ जना ब्यक्तिहरुलाई फेला पारी निजहरुलाई तत्काल पक्राउ गरी मुलुकी फौजदारी अपराध संहिता, २०७४ बमोजिम अभद्र व्यवहार गरेको कसूरमा मुद्दा दर्ता गरी प्रहरी बृत्त स्वयम्भूबाट थप अनुसन्धान भई रहेको । 

प्रतिक्रिया दिनुहोस