aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

हिमालयन जनरल इन्स्योरेन्सले प्रस्ताव गर्यो लाभांश

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २२ पुस २०७८
हिमालयन जनरल इन्स्योरेन्सले प्रस्ताव गर्यो लाभांश

काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ । कम्पनीको पुस २१ गतेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको आधारमा ६ दशमलव ६५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ३५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो । 

प्रस्तावित यो लाभांश बीमा समितिको स्वीकृति पश्चात कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ । हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब १० करोड ३ लाख ३६ हजार ७०० रहेको छ । सोही पूँजीको आधारमा कम्पनीले लाभांश प्रस्ताव गरेको हो ।
 

प्रतिक्रिया दिनुहोस