aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

एशियन हाइड्रोपावरले आईपीओ निष्कासनका लागि बोर्डमा दियो निवेदन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २२ पुस २०७८
एशियन हाइड्रोपावरले आईपीओ निष्कासनका लागि बोर्डमा दियो निवेदन

काठमाडौं । एशियन हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दर्ता गराएको छ । यस अघि २८ कम्पनीहरुले आवेदन दिएकोमा यो कम्पनी थप भएसँगै यो संख्या २९ पुगेको छ । 

कम्पनीले ११ लाख ८० हजार कित्ता आइपीओ निष्कासन गर्नका लागि पुस ११ गते बोर्डमा निवेदन दिएको हो । यो शेयर विक्री प्रबन्धकको जिम्मेवारी एनएमबि क्यापिटल लिमिटेडले पुरा गर्नेछ । कम्पनीले स्थानिय बासिन्दा र सर्वसाधारणको लागि ११ लाख ८० हजार कित्ता आइपीओ निष्कासन गर्ने तयारी गरेको हो । बोर्डको स्वीकृति पाएमा पहिलो चरणमा आयोजना प्रभावित स्थानियमा र दोस्रो चरणमा आम सर्वसाधारणमा आईपीओ निष्कासन गर्नेछ । 
 

प्रतिक्रिया दिनुहोस