aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

गुहेश्वरी मर्चेण्ट एण्ड फाइनान्स र श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्सको मूल्य संमायोजन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २२ पुस २०७८
गुहेश्वरी मर्चेण्ट एण्ड फाइनान्स र श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्सको मूल्य संमायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जले बिहिवार दुई वटाकम्पनीको बोनस शेयरको मूल्य समायोजन गरेको छ । नेप्सेले श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्स र गुहेश्वरी मर्चेण्ट एण्ड फाइनान्सको मूल्य समायोजन गरेको हो । यी दुईवटै कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि बुक क्लोज गरेसँगै नेप्सेले शेयर मूल्य संमायोजन गरेको हो । 

नेप्से श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्सको ७ दशमलव ७० प्रतिशत बोनस शेयरको समायोजनपछि शेयर मूल्य रू. ४४१ दशमलव ९७ तोकेका छ । कम्पनीको अघिल्लो कारोबारको दिन अर्थात बुधवार कायम अन्तिम शेयर मूल्य रू. ४७६ को आधारमा शेयर मूल्य समायोजन भएको हो । 

कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई ७ दशलमव ७० प्रतिशत बोनस शेयर र ३ दशमलव ३० प्रतिशत नगद लाभांश कर सहित वितरण गर्ने प्रस्ताव गरेको हो । यो प्रस्ताव पारीतका लागि कम्पनीले पुस २९ गते रजिष्टर्ड कार्यालय डिल्लीबजार काठमाडौंमा बिहान ११ बजे साधारण सभा बोलाएको छ ।त्यसैगरी नेप्सेले गुहेश्वरी मर्चेण्ट एण्ड फाइनानसको १० प्रतिशत बोनस शेयरको समायोजन पछि मूल्य रू.४५४ दशमलव ४५ तोकेको छ ।

 नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा समायोजन गरेको हो । बुधवार कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ४९९ दशमलव ९० मा अन्तिम कारोबार भएको थियो । कम्पनीले गत आवको मुनाफाट शेयरधनीलाई १० प्रतिशत बोनस शेयर र शून्य दशमलव ५२६३ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको हो । यो प्रस्ताव पारीतका लागि कम्पनीले पुस २९ गते गुहेश्वरी भवन हरिहर भवन ललितपुरमा बिहान ११ बजे साधारण सभा बोलाएको  छ । 
 

प्रतिक्रिया दिनुहोस