aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

विद्युत् महसुल नतिर्ने बाह्रसय ग्राहकको विद्युत् काटियो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २३ पुस २०७८
विद्युत् महसुल नतिर्ने बाह्रसय ग्राहकको विद्युत् काटियो

मंगलबारे । नेपाल विद्युत् प्राधिकरण इलामले चालु आर्थिक वर्षमा विद्युत् महसुल नतिर्ने एक हजार २५० ग्राहकको विद्युत् लाइन काटेको छ । गत साउनदेखि हालसम्म दुई महिनादेखि महसुल नतिर्ने ग्राहकको लाइन काटिएको हो ।

बत्ती बालेर ६० दिनसम्म पैसा नतिर्ने ग्राहकको विद्युत् काटिएको प्राधिकरण इलाम शाखाका प्रमुख देवराज पौडेलले जानकारी दिए । उनका अनुसार विद्युत् काटिए पनि करिब ९० प्रतिशत ग्राहकले पुनः महसुल तिरेपछि विद्युत् जडान गरिएको छ । करिब १० प्रतिशत ग्राहकले अझै महसुल नतिरेकाले विद्युत् जडान गरिएको छैन ।

यस्तै इलाम नगरपालिकाले पनि महसुल नतिरेकाले  इलाम सदरमुकाममा निर्माण गरिएको व्यापारिक भवन (सिटी मार्ट) को  लाइन बिहीबारदेखि काटिएको छ । सिटीमार्टको  एक लाख ७२ हजार महसुल नगरपालिकाले तिरेको छैन । साठी दिनभित्र महसुल नतिरे लाइन काट्नुपर्ने प्रावधान भएअनुसार नै बत्ती काटिएको प्रमुख पौडेलले बताउनुभयो । उक्त नगरपालिकाले चार महिनाको महसुल बुझाउन बाँकी रहेको बताइएको छ । 

प्रतिक्रिया दिनुहोस