
काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाको २०औंं वार्षिक साधारण सभा सम्पन्न भएको छ । हेटौडाको होटल सामनामा शुक्रवार वित्तीय संस्थाका अध्यक्ष ऋषि राज जोशीको अध्यक्षतामा सम्पन्न भएको हो ।
सो सभामा वित्तीय संस्थाका अध्यक्षबाट संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत भएको थियो । काठमाडौंको मध्यवानेश्वरमा केन्द्रीय कार्यालय रहेको राष्ट्रिय स्तरको यस वित्तीय संस्थाले हाल सम्ममा ६८ जिल्लामा १९२ वटा शाखा मार्फत कुल ४ लाख ६ हजार ६ सय २८ जना महिला सदस्यहरुलाई लघुवित्त कार्यक्रम मार्फत सेवा दिइरहेको छ ।
२०५८ सालमा स्थापना भएको यस संस्थाले आर्थिक वर्ष २०७७/७८ मा १ अर्व ३१ करोड ३८ लाख ५५ हजार ७ सय ७५ रुपैंया खुद मुनाफा आर्जन गर्न सफल भएको छ । शेयरधनीहरुलाई आ.व.२०७७/७८ को मुनाफावाट ३ प्रतिशत नगद लाभांश र २७ प्रतिशत बोनस शेयर गरि कुल ३० प्रतिशत लाभांश प्रदान गर्ने निर्णय यस साधारण सभाले गरेको छ ।
प्रतिक्रिया दिनुहोस