aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

नेपाल लाइफको सिनियर डिसिओमा प्रवीण रमण पराजुली नियुक्त

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २५ पुस २०७८
नेपाल लाइफको सिनियर डिसिओमा प्रवीण रमण पराजुली नियुक्त

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत (सिनियर डिसिओ) मा प्रवीण रमण पराजुली नियुक्त भएका छन् । आज आइतबारबाट पराजुलीले सिनियर डिसिओको कार्यभार सम्हालेका हुन् । 

पराजुलीले आफ्ना विगतका अनुभवहरुलाई आधारमानी थप कार्यक्षमता प्रस्तुत गर्ने प्लाटफर्मको रुपमा नेपाल लाइफलाई लिएको बताए । संस्थागत सुशासनलाई प्राथमिकतामा राखि कम्पनीलाई हरेक क्षेत्रमा अब्बल सावित गर्न लागि पर्ने प्रतिवद्धता व्यक्त गरे । 

नम्बर १ कम्पनीको यात्रामा मुख्य हिस्सेदार हुन पाउनु गर्वको विषय रहेको बताउँदै यसलाई अवसर र त्यो भन्दा बढी चुनौतीको रुपमा लिएको बताए । नेपाल लाइफको नम्बर १ कम्पनीको छवीलाई हरेक सुचकांकमा अझ बलियो सावित गर्नुपर्ने चुनौती आफूमा रहेको नवनियुक्त सिनियर डिसिओ पराजुलीले बताए । 

पराजुली यसअघि रिलायन्स लाइफ इन्स्योरेन्समा प्रमुख कार्यकारी अधिकृत (सिइओ) थिए । 
 

प्रतिक्रिया दिनुहोस