काठमाडौं । यामाहा मोटर साइकलका लागि आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राईजेजले दशैंलाई लक्षित गरी सुरुगरेको दर्शैस्कीम “रेसफरदएस”को बिजेता इटहरी निवासी इन्द्रनारायण चोङबाङ भएका छन्।
भादौ १५बाट सुरु गरिएको यस दर्शै स्कीम मंसिर १४सम्म सञ्चलन भएको थियो । ९ हप्तासम्म चलेको यस स्कीमको अवधीभरि यामाहाको जुनै बाइकको खरिदामा पनि ग्राहकलाई ८ ,००० देखि १००,००० सम्मको तत्काल छुट दिइएको थियो। त्यसैगरी, स्कीम अवधीभरि बाइक खरिद गर्ने ग्राहकलाई हरेक हप्ता एक गोल्डेन एस टिकट र बम्पर बिजेताका लागि तीन गोल्डेन एस टिकट जित्नेमौका प्रदान पनि गरिएको थियो।प्रत्येक हप्ताका एसकार्ड बिजेताहरूलाई ४ तोला सुन र बम्पर बिजेतालाई १२ तोला सुन पुरस्कार स्वरुप प्रदान गरिएको थियो।
नेपालभरिबाट लक्की ड्रमार्फत बिजेताहरू छनौट गरिएको यस “रेसफरदएस” स्कीमका बम्पर बिजेता इन्द्रनारायण चोङबाङले तिरुपती अटोसिटीबाट यामाहा एफजी डबलडिस्क ब्रेकख रिदगरेका थिए। यामाहा नेपालले आगामी दिनहरूमा पनि यस किसिमका स्कीमहरूलाई निरन्तरता दिइराख्ने एमएडब्लु इन्टरप्राईजका कार्यकारी अधिकृत राजु क्षेत्रीले जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस