aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

नेशनल माइक्रोफाइनान्सको ४५ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २६ पुस २०७८
नेशनल माइक्रोफाइनान्सको ४५ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रस्ताव गरेको कुल ४५ प्रतिशत लाभांश सुरक्षित गर्ने पुस २६ गते सोमवार अन्तिम दिन रहेको छ । यस वर्ष कम्पनीले गत वर्षसम्मको मुनाफाबाट हाल कायम चुक्तापूँजी रू. ४१ करोड ९० लाख ५३ हजारको आधारमा ४० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत ५ प्रतिशत नगद लाभांश गरी कुल ४५ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको हो । 

उक्त प्रस्ताव सहित अन्य विविध प्रस्ताव पारितका लागि कम्पनीले माघ ६ गते आठौं वार्षिक साधारण सभा आव्हान गरेको छ । सभा क्रिक रिसार्ट, धादिङबेसी, धादिङमा विहान ११ बजे सभा सुरु हुनेछ । सभाले अन्य कुनै उपयुक्त लघुवित्त वित्तीय संस्थाहरुसँग मर्जर तथा प्राप्ती प्रकृयामा जाने भएमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय समेत गर्नेछ । 

साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस २७ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गर्ने भएकाले लाभांश प्राप्त गर्न र सभामा भाग लिन बुक क्लोजको अघिल्लो कारोबारदिनसम्म शेयर कायम गर्नुपर्ने हुन्छ । यस आधारमा पुस २६ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन ।

प्रतिक्रिया दिनुहोस