aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

नेपालका निजी कम्पनीले भारतमा विद्युत बेच्न सम्झौता

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २६ पुस २०७८
नेपालका निजी कम्पनीले भारतमा विद्युत बेच्न सम्झौता

काठमाडौं । नेपाल पावर एक्सचेन्ज लिमिटेड र भारतीय कम्पनी मनिकरन पावर लिमिटेडबीच विद्युत व्यापार खरिद सम्झौता भएको छ । स्वतन्त्र ऊर्जा उत्पादक संस्था (इप्पान)ले प्रवद्र्धन गरेको एक्सचेन्जले सोमबार नेपाल पावर समिटसँग सम्झौता भएको हो । 

यो सम्झौतापछि नेपाल पावरले मनिकरनमार्फत भारतमा निजी क्षेत्रबाट विद्युत बेच्न पाउने छ । हाल नेपाल विद्युत प्राधिकरणले मात्रै विद्युतको व्यापार गर्दै आएको छ । सरकारले नेपाल पावर एक्सचेञ्ज लिमिटेडले विद्युत व्यापारको लाइसेन्स पाएपछि भारतमा विद्युत व्यापार गर्न पाउनेछ । 

कार्यक्रममा उर्जा मन्त्री पम्फा भुसालले निजी क्षेत्रलाई पनि विद्युत बेच्ने पाउने लाइसेन्स दिन प्रकृया शुरु भएको बताएकी छिन ।  उनले कार्यविधि बनाउने काम भइरहेको जानकारी दिइन् ।  

प्रतिक्रिया दिनुहोस