aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

कोरोना बढेसँगै पञ्चकन्या माई हाईड्रोपावरले साधारण सभा भर्चुअल माध्यमबाट गर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २७ पुस २०७८
कोरोना बढेसँगै पञ्चकन्या माई हाईड्रोपावरले साधारण सभा भर्चुअल माध्यमबाट गर्ने

काठमाडौं । पञ्चकन्या माई हाईड्रोपावर लिमिटेडले पुस २८ गतको लागि बोलाएको विगत तीन आर्थिक वर्षको संयुक्त साधारण सभा भर्चुअल माध्यमबाट गर्ने भएको छ । कम्पनीले मंगलवार सुचना जारी गर्दै कोभिडको संक्रमण बढीरहेको अवस्थामा भौतिक उपस्थिति जोखिम भएकाले भर्चुअल माध्यबाट सभा गर्ने जानकारी दिएको हो । 

सम्बन्धीत शेयरधनीहरुलाई सोही बमोजिम उपस्थितिको लागि व्यवस्था मिलाईने जानकारी समेत कम्पनीले दिएको छ । कम्पनीको पुस ५ गतेको सञ्चालक समितिको बैठकले कुपण्डोल ब्याङ्क्वेट, कुपण्डोल, ललितपुरमा विहान ११ बजे सभा गर्ने निर्णय गरेको थियो । 

सभाले आर्थिक वर्ष ०७५/७६, ०७६/७७ र ०७७/७८ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरुलाई पारित गर्नेछ । चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषयलाई पनि सभाले टुङ्ग्याउनेछ ।

साथै संस्थापक समूहबाट चार जना सञ्चालक निर्वाचन वा मनोनयन गर्ने विषय पनि सभाका लागि तय भएको छ । सभा प्रयोजनका लागि कम्पनीले पुस २० गते एक दिन बुक क्लोज गरेको छ । बुक क्लोजको आधारमा पुस १९ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन योग्य भएका छन् ।

प्रतिक्रिया दिनुहोस