aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

जानकी फाइनान्सको फाइनान्सद्धारा लाभांश घोषणा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २७ पुस २०७८
जानकी फाइनान्सको फाइनान्सद्धारा लाभांश घोषणा

काठमाडौं । जानकी फाइनान्सले शेयरधनीलाई आव २०७७/७८ को मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले १५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ७८९५ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको हो । 

यो प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृती पाएपछि र कम्पनीको आगामी साधारण सभाबाट पारीत भएपछि शेयरधनीले पाउनेछन् । कम्पनीको पुस २७ गते बसेको सञ्चालक समितीको बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । 

गत आवको मुनाफाबाट कम्पनीले २२ प्रतिशत बोनस शेयर र १ दशमलव १६ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
 

प्रतिक्रिया दिनुहोस