aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

नेशनल लाईफ इन्स्योरेन्सको ५७ हजारभन्दा बढी कित्ता शेयर लिलामीमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २८ पुस २०७८
नेशनल लाईफ इन्स्योरेन्सको ५७ हजारभन्दा बढी कित्ता शेयर लिलामीमा

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्सको ५७ हजार १९२ कित्ता संस्थापक शेयर पुस २८ गतेदेखि लिलामीमा आएको छ । एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको उक्त शेयर माघ ५ गतेसम्मका लागि लिलामीमा आएको हो ।

प्रतिकित्ता रू. ३८७ दशमलव ३० मूल्य तोकेर उक्त शेयर लिलामीमा आएको हो । यो शेयर खरिद गर्न इच्छुक लगानीकर्ताहरुले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी न्यूनतम एक सय कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । 

यो शेयर बाँडफाँटमा प्राप्त गर्ने शेयरधनीहरुले कम्पनीद्वारा पुस २८ गतेपछि घोषणा हुने लाभांश तथा हकप्रद शेयर प्राप्त गर्ने समेत कम्पनीले जानकारी दिएको छ । शेयर विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।
 

प्रतिक्रिया दिनुहोस