
काठमाडौं । पछिल्लो समय कारोना सक्रमण बढेसँगै कम्पनीहरुले शेयरधनीलाई साधारण सभामा भर्चुअल माध्यबाट सहभागि हुन अनुरोध गरेको छ । संकट ब्यवस्थापन समन्वय केन्द्रको पुस २५ गते बसेको बैठकले अर्को ब्यवस्था नभएसम्म सार्वजनिक स्थालमा २५ जना भन्दा बढी भेला नहुन सिफारीस गरेसँगै कम्पनीहरुले भौतिक रुपमा बोलाएको साधारणभालाई भर्चुअल माध्यमबाट शेयरधनीलाई सहभागि हुन अनुरोध गरेका हुन ।
चन्द्रागिरी हिल्स लिमिटेड ,सिभिल बैंक, गुडवील फाइनान्स, मैलुङखोला जलविद्युत कम्पनी, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेण्ट लिमिटेड, आरएमडिसी लघुवित्त वित्तीय संस्था र सानिमा जनरल इन्स्योरेन्स कम्पनीले शेयरधनीलाई भर्चुअल माध्यमबाट सहभागि हुन अनुरोध गरेका हुन ।
चन्द्रागिरी हिल्स लिमिटेडले १२औं वार्षिक साधारण सभा पुस २९ गते कम्पनीको कार्यालय थानकोट टप स्टेशन परिसरमा दिनको ११ बजे शुरु हुने जानकारी गराएको छ । सभाले आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारीत गर्ने र आव २०७८/७९ को लागि लेखापरिक्षकको नियुक्ती गर्ने र निजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारीत गर्नेछ । साथै सभाले सर्वसाधारण शेयरधनीबाट एक जना सञ्चालकको निर्वाचन गर्ने र स्वतन्त्र सञ्चालक नियुक्ती गर्ने प्रस्ताव पनि पारीत गर्नेछ । यस कम्पनीको प्रबन्धपत्रको दफा ४(१)मा कम्पनीको उदेश्यमा थप गरी संशोधन गर्ने र उक्त संशोधनमा नियमक निकायबाट सुझाव पा निर्देशन भएमा सो बमोजिम आवश्यक संशोधन वा परिमार्जनका लागि सञ्चालक समितीलाई अख्यितयारी प्रदान गर्ने प्रस्ताव पनि पारीत गर्नेछ ।
त्यसैगरी सिभिल बैंकले पुस ३० गते आम्रपाली ब्याक्वेट बालुवाटारमा बिहान ११ बजे भर्चुअल माध्यमबाट शुरु गर्ने जानकारी दिएको छ । सभाले ५ प्रतिशत बोनस शेयर र शून्य दशमलव २६ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारीत गर्नेछ । त्यसैगरी एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेण्ट लिमिटेडले नवौं वार्षिक साधारण सभा पुस २९ गते आम्रपालि ब्याक्वेट थिरबम सडकमा बिहान ११ बजे भर्चुअल माध्यमबाट शुश्र गर्ने जानकराी गराएको छ ।
सभाले ५ प्रतिशत बोनस शेयर र शून्य दशमलव २६ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारीत गर्नेछ । त्यसैगरी गुडवील फाइनान्सले पुस २९ गते होटल क्राउन इम्पेरियल रविभवन काठमाडौंमा बिहान ११ः३० बजे भर्चुअल माध्यमबाट शुरु गर्नेछ । सभाले ९ दशमलव १ प्रतिशत बोनस शेयर र ३ दशमलव ९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारीत गर्नेछ ।
त्यस्तै आरएमडिसी लघुवित्त वित्तीय संस्थाले तेईसौं वार्षिक साधारण सभा पुस ३० गते अमृतभोग कालिकास्थानमा बिहान ११ बजे भर्चुअल माध्यमबाट शुरु गर्ने जानकारी गराएको हो । सभाले २० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश कर सहित वितरण गर्ने प्रस्ताव पारीत गर्नेछ । त्यसैगरी मैलुङखोला जलविद्युत कम्पनीले आठौं वार्षिक साधारण सभा पुस ३० गते लैनचौर ब्याक्वेट लैनचौरमा बिहान ११ बजे भर्चुअल माध्यमबाट शुरु गर्ने जानकारी गराएको हो । सभाले आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारीत गर्ने र आव २०७८/७९ को लागि लेखारिक्षकको नियुक्ती र निजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव पारीत गर्नेछ ।
त्यसैगरी सानिमा जनरल इन्स्योरेन्स कम्पनीले चौथो वार्षिक साधारण सभा स्मार्ट क्याफे ब्याक्वेट धुम्वाराही चोक मा बिहान ११ बजे भर्चुअल माध्यमबाट हुने जानकारी गराएको छ । सभाले आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारीत गर्ने र आव २०७८/७९ को लागि लेखारिक्षकको नियुक्ती र निजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव पारीत गर्नेछ ।
प्रतिक्रिया दिनुहोस