aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

ग्यापुबाट सामान खरिद गर्दा आयुष्मा भट्टले जितिन् अप्रिलिया स्कुटर

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २८ पुस २०७८
ग्यापुबाट सामान खरिद गर्दा आयुष्मा भट्टले जितिन् अप्रिलिया स्कुटर

काठमाडौं । लोकप्रिय नेपाली इकमर्स ग्यापु मार्केट प्लेसले सञ्चालन  गरेको दशैं(तिहार महोत्सवको बम्पर उपहार अन्तर्गत लक्की ड्रमा आयुष्मा भट्टले स्कुटर जित्न सफल भएकी छिन् ।

भट्टलाई राजधानी स्थित अप्रिलियाको स्कुटरको सोरुममा स्कुटर हस्तान्तरण गरिएको छ । ग्यापुमा सपिङ गर्न मोबाइल एप वा कम्पनीको वेबसाईट ग्यापु डट कम मार्फत अर्डर गर्न सकिन्छ ।

ग्राहकले सामान खरिद गर्दा इ–सेवा, प्रभु पे, फोन पे , सेल पे, आइएमइ पे, खल्ती र जुनसुकै बैकंको मोबाइल बैकिङ बाट पनि ‘क्यु आर’ कोड मार्फत भुक्तानी गर्न सक्छन् ।

त्यस्तै विश्वभरका कुनै पनि डेबिट र क्रेडिट कार्ड प्रयोग गरेर भुक्तानी गर्ने सुविधा समेत उपलब्ध छ। साथै ग्राहकले डेलिभरीको समयमा नगद समेत दिन सक्ने कम्पनीले बताएको छ ।
 

प्रतिक्रिया दिनुहोस