aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

हिमालयन डिष्टीलरीको साधारण सभा सम्पन्न, सत प्रतिशत लाभांश पारीत

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २९ पुस २०७८
हिमालयन डिष्टीलरीको साधारण सभा सम्पन्न, सत प्रतिशत लाभांश पारीत

काठमाडौं । हिमालयन डिष्टीलरी लिमिटेडले २१औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । सभा बुधवार बीरगञ्जमा सम्पन्न भएको हो । सभाले सत प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारीत गरेको छ । 

७५ प्रतिशत बोनस शेयर र २५ प्रतिशत नगद लाभांश कर सहित गरेर कुल १०० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारीत गरेको हो । बोनस शेयर वितरण पछि कम्पनीको चुक्ता पूँजी रू. १ अर्ब ५१ करोड पुगेको छ । कम्पनीले साधारण सभा प्रयोजनको लागि पुस १६ गते बुक क्लोज गरेको थियो

यस आधारमा पुस १५ गते सम्म कायम शेयरधनीले लाभांश पाएका छन् । चालू आवको पहिलो त्रैमासमा कम्पनीले रू. २१ करोड १२ लाख नाफा कमाएको छ । यस कम्पनीले नेपालमै सबैभन्दा बढी विक्री हुने गोल्डेन ओक मदिरा उत्पादन गर्ने गर्दछ । 
 

प्रतिक्रिया दिनुहोस