aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

उन्नति सहकार्यको लाभांश सहित एफपीओ निष्कासन गर्ने प्रस्ताव पारीत

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २९ पुस २०७८
उन्नति सहकार्यको लाभांश सहित एफपीओ निष्कासन गर्ने प्रस्ताव पारीत

काठमाडौं । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाले सातौं वार्षिक साधारण सभा सम्पन्न गरेकोे छ । सभा पुस २८ गते बुधवार होटल मौर्या सि.न.पा १३ रुपन्देहीमा सम्पन्न भएको हो ।

सभाले ३० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारीत गरेको हो । त्यसैगरीप् सभाले बोनस शेयर बाँडफाँट पश्चात सर्वसाधारण शेयर स्वामित्व अनुपात ३० प्रतिशत कायम गर्न रू.१ करोड ७८ लाख ४५ हजार ११८ बरावरको एफपीओ निष्कासन गर्ने प्रस्ताव पनि पारीत गरेको छ । 

कम्पनीले साधारण सभा प्रयोजनको लागि पुस १४ गते एक दिन बुक क्लोज गरेको थियो ।यस आधारमा पुस १३ गते सम्म कायम शेयरधनीले लाभांश पाएका छन् । 
 

प्रतिक्रिया दिनुहोस