
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले रू. ५ लाख ९२ हजार ८५ बराबरको मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले बिमित मनिता अधिकारी दवाडीको मृत्यु दाबी वापतको रकम उनका हकवाला श्रीमान रामशरण अधिकारीलाई भुक्तानी दिईएको हो ।
कम्पनीको काठमाडौं शाखाकी प्रबन्धक अनिता अधिकारीले सम्बन्धीत एजेन्सी म्यानेजर दिवाकर खड्काको उपस्थितिमा उक्त रकम हस्तान्तरण गरेकी हुन ।
मृतक बिमित मनिता अधिकारीले रू. ५ लाख ९२ हजार ५ लाख बराबरको १५ वर्षे जीवन बीमा २०७५ साल मंसिर १८ गते गरेको एजेन्सी म्यानेटर खड्काले जानकारी दिए । उनका अनुसार विमित अधिकारीको मृत्यु क्यान्सर रोगका कारण २०७८ साल कात्तिक ६ गते भएको हो ।
प्रतिक्रिया दिनुहोस