aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

गुहेश्वरी मर्चेन्ट बैंकिङ्गको १०.५३ प्रतिशत लाभांश साधारण सभाबाट पारित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २९ पुस २०७८
गुहेश्वरी मर्चेन्ट बैंकिङ्गको १०.५३ प्रतिशत लाभांश साधारण सभाबाट पारित

काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स लिमिटेडले गत आर्थिक वर्ष ०७७/७८ को मुनाफाबाट प्रस्ताव गरेको कुल १० दशमलव ५३ प्रतिशत लाभांश प्रस्ताव प्रस्ताव पारित गरेको छ । कम्पनीले बिहीवार ललितपुरमा २०औं वार्षिक साधारण सभा सम्पन्न गरी प्रस्तावित लाभांशलाई वितरणयोग्य बनाएको हो । 

कम्पनीको मंसिर १५ गतेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजी रू. ८६ करोड ४० लाखको आधारमा १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५३ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको थियो । 

कम्पनीले गत वर्षभन्दा यस वर्ष कम लाभांश वितरण गर्न लागेको हो । गत वर्ष कम्पनीले ८ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि ३ दशमलव ४ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । यस वर्ष कम्पनीले बोनस शेयरमा जोड दिएको छ । बोनस पश्चात कम्पनीको चुक्तापूँजी रू. ९५ करोड ४ लाख पुग्नेछ । 

कम्पनीको पुस २७ गतेसम्मको सिडी रेसियो ८६ दशमलव ४३ पुगको छ । रू. ६ अर्ब ६४ करो निक्षेप संकलन गरेको कम्पनीले यस अवधिसम्म रू. ५ अर्ब ७४ करोड कर्जा प्रवाह गरको छ । यस कम्पनीले हाल देशभर २२ ओटा शाखा कार्यालय र दुई ओटा एक्सटेन्सन काउन्टरहरुबाट वित्तीय सेवा प्रदान गर्दै आएको छ । निकट भविश्यमा थप शाखा विस्तार गर्ने योजना कम्पनीको छ । 
 

प्रतिक्रिया दिनुहोस