aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

ग्रीनलाईफ हाइड्रोपावरको साधारण सभा माघ २१ गते

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ३० पुस २०७८
ग्रीनलाईफ हाइड्रोपावरको साधारण सभा माघ २१ गते

काठमाडौं । ग्रीनलाईफ हाइड्रोपावर लिमिटेडले माघ २१ गते १२औं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले कोभिड जोखिमलाई ध्यानमा राखी आम्रपाली ब्याङ्केट, बालुवाटार, काठमाडौंमा विहान ११ बजे भुर्चअल माध्यमबाट सभा गर्ने जानकारी दिएको हो ।

सभाले गत आर्थिक वर्ष ०७७/७८ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आवको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणलाई पनि टुङ्ग्याउनेछ । साथै सभाले संस्थापक समूहबाट पाँच जना र सर्वसाधारण समूहबाट दुई जना गरी सात जना सञ्चालक नियुक्ती समेत गर्नेछ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले माघ ९ गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा माघ ७ र ८ गते शेयर कारोबार बन्द हुने भएकाले माघ ६ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन सक्नेछन् ।
 

प्रतिक्रिया दिनुहोस