aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

महालक्ष्मी लाइफको चौथो वार्षिक साधारण सभा माघ २७ गते हुने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ३० पुस २०७८
महालक्ष्मी लाइफको चौथो वार्षिक साधारण सभा माघ २७ गते हुने

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले चौथौ वार्षिक साधारण सभा माघ २७ गते  गर्ने भएको छ । सभा कम्पनीको प्रधान कार्यालय कमलपोखरी काठमाडौंमा बिहान ११ बजे हुने जानकारी गराएको छ । 

सभाले आव २०७६/७७ को वार्षिक प्रतिवेदन छलफल गरी पारीत गर्ने र आव २०७७/७८ को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारीत गर्नेछ । साथै सभाले कम्पनी एने २०६३ को दफा १०५ (१) (ग)बमोजिम आव २०७६/७७ मा भएको खर्चको अनुमोदन गर्ने विशेष प्रस्ताव पनि पारीत गर्नेछ । 

विश्वव्यापी रुपमा फैलिएको कोरोना संक्रमण तथा नेपाल सरकारको सुचना बमोजिम साधारण सभा भर्चुअल माध्यमबाट हुने जानकारी गराएको छ । कम्पनीले आइपीओ निष्कासन गर्ने तयारीमा रहेको छ ।बीमा समितीले न्यूनतम पूँजी रू. २ अर्ब पुर्याउनका लागि रू. ६० करोड बरावरको आईपीओ निष्कासन गर्ने तयारीमा गरेको हो । हाल कम्पनीको चुक्ता पूँजी रू. १ अर्ब ४० करोड रहेको छ । आइपीओ निष्कासन पछि कम्पनीको चुक्ता पूँजी रू.२ अर्ब पुग्नेछ । 

प्रतिक्रिया दिनुहोस