aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

गणपूरक संख्या नपुगेपछि बरुण हाइड्रोपावरको साधारण सभा रोकियो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ३० पुस २०७८
गणपूरक संख्या नपुगेपछि बरुण हाइड्रोपावरको साधारण सभा रोकियो

काठमाडौं । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडको पुस २९ गतेको लागि तय भएको १८औं वार्षिक साधारण सभा गणपूरक संख्या नपुगेपछि रोकिएको छ । उक्त सभा आगामी दिनमा पुनः आव्हान गर्ने जानकारी कम्पनीले दिएको छ । 

कम्पनीले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्ने र २०७३ साल असार २० गते सम्पन्न विशेष साधारण सभाबाट पारित भएको शतप्रतिशत हकप्रद शेयर निष्कासनको प्रस्तावलाई निरन्तरता दिने विषय सभाका लागि तय गरेको थियो । 

पुस २९ गतेको साधारण सभाका लागि कम्पनीले पुस १६ गते एक दिन बुक क्लोज गरेको थियोे । यस अघिको प्रस्ताव सहित आगामी साधारण सभा आव्हानका लागि सात दिन अगाबै सुचना जारी गर्ने जानकारी कम्पनीले दिएको छ ।
 

प्रतिक्रिया दिनुहोस