aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

नाडेप लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारण सभा माघ १४ गते

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ३० पुस २०७८
नाडेप लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारण सभा माघ १४ गते

काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्थाले सातौं वार्षिक साधारण माघ १४ गते गर्ने भएको छ । सभा रानीवन पार्टी प्यालेस एण्ड रेष्टुरेञ्ज नगरिक पालीका वाड नं १ काठमाडौंमा भर्चुअल माध्यमबाट हुने जानकारी दिएको छ । सभाले २० प्रतिशत बोनस शेयर र १ दशमलव ०५३ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारीत गर्नेछ । 

त्यसैगरी यस लघुवित्त वित्तीय संस्थालाई डिप्रोक्स लघुवित्त वित्तीय संस्थालाई प्राप्ती गर्ने प्रस्ताव पारीत गर्नेछ । सभाले आव २०७७÷७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारीत गर्ने र आव २०७८/७९ को लागि लेखापरिक्षकको नियुक्ती गर्ने र निजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव पारीत गर्नेछ । 

यस कम्पनीको शेयर मर्जर प्राप्ती प्रक्रियाको लागि २०७७ पुस १६ गते देखि शेयर कारोाबार रोक्का रहेको छ । साधारण सभा प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका माघ ३ गते एक दिन बन्द रहनेछ । 
 

प्रतिक्रिया दिनुहोस