
काठमाडौं । पिपुल्स पावर लिमिटेडले आइपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले ३० लाख ९९ हजार ७४० कित्ता आइपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्रबोर्डमा पुस २७ गते निवेदन दिएको हो ।
विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । बोर्डबाट स्वीकृती पाएपछि कम्पनीले पहिलो चरणमा स्थानिय बासिन्दाका लागि आइपीओ निष्कासन गर्नेछ भने त्यसपछि दोस्रो चरणमा सर्वसाधारणको लागि निष्कासन गर्नेछ ।
प्रतिक्रिया दिनुहोस