
काठमाडौं । रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले साधारया शेयर (आइपीओ) निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ ।
कम्पनीले स्थानिय बासिन्दाका लागि ६८ लाख ४२ हजार १ सय कित्ता आइपीओ निष्कासन गर्नका लागि बोर्डमा पुस २३ गते निवेदन दिएको हो ।
बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । आवश्यक प्रक्रिया पुरा गरेर नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट स्वीकृती पाएपछि कम्पनीले आइपीओ निष्कासन गर्नेछ ।
प्रतिक्रिया दिनुहोस