
काठमाडौं । पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडको चौथो, पाँचौं तथा छैठौं गरी ३ वर्षको वार्षिक साधारण सभा साधारण सभा सञ्चालक समितिका अध्यक्ष प्रेम बहादुर श्रेष्ठको सभापतित्वमा पौष २८ गते कोपुण्डोल, ललितपुरमा सम्पन्न भएको छ ।
सभाबाट ४ वर्ष अविधिको लागि प्रतिनिधित्व गर्न ४ जना (१ जना महिला समेत) कम्पनीको संचालक सदस्यहरुमा संस्थापक शेयर धनी समुह–“क”को तर्फबाट प्रेम बहादुर श्रेष्ठ, नितिशा श्रेष्ठ, ध्रुब कुमार श्रेष्ठ र उदिप श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन ।
शेयरधनीहरुबाट उठाइएका जिज्ञासा तथा प्रश्नहरुको सम्बन्धमा संचालक समितिको तर्फबाट प्रदिप कुमार श्रेष्ठ र टिकाराम निरौलाले प्रष्ट पार्नु भएको थियो ।
शेयरधनीहरु अमिर दास रन्जित, उद्धव प्रसाद घिमिरे, ब्रम्हदेव शाक्य, अर्जुन कुमार ढुङ्गेल, शिव प्रसाद पौडेल, डम्वरु बल्लभ घिमिरे र शत्रुधन श्रेष्ठले आफ्ना अमूल्य राय सुझावहरु दिएका थिए । कम्पनीको यस आर्थिक वर्षहरुमा खर्च घटेको र आम्दानी सकारात्मक तिर गएको हुँदा नाफाको सुनिश्चतता गरी शेयरधनीहरुलाई लाभांश वितरण गर्न आग्रह गरेका थिए ।
प्रतिक्रिया दिनुहोस