aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

लोभ लाग्दा विशेषता सहित 'याक बाइक' सार्वजनिक

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ०१ माघ २०७८
लोभ लाग्दा विशेषता सहित 'याक बाइक' सार्वजनिक

काठमाडौं । अटोमोटिभ कम्पनी जैष्णवी ग्रुपले नेपाली बजारमा ’याक बाइक्स’ नामक इलेक्ट्रिक बाइक ल्याएको छ । कम्पनीले “स्मार्ट सिटी, स्मार्ट राइड” भन्ने नाराका साथ चिनियाँ विद्युतीय दुई पाङ्ग्रे सवारी उत्पादक कम्पनी बेन्ल्गसँगको साझेदारीमा याक बाइकहरू नेपाल भित्राएको हो ।

 अनेकौँ आकर्षक विशेषता सहितको यो बाइक नेपालमा सार्वजनिक गरिएको छ । अन्य बाइकको तुलनामा यसले निकै कम ऊर्जा खपत गर्ने कम्पनीले दावी गरेको छ ।  यसले नेपालको पर्यावरण मैत्री सवारी बनाउने लक्ष्यमा थप योगदान गर्नमा थप सहयोग गर्ने कम्पनीले विश्वास लिएका छ । यो जिम्मेवार उद्देश्य पूरा गर्न, यसले खनिज इन्धन, मुख्यतया पेट्रोलियम उत्पादनहरूको प्रयोग कम गर्न मद्दत गर्दछ । 

यो बाइक वातावरण संरक्षणमा मात्र केन्द्रित नभएर नेपाली पूर्वाधार अनुसार निर्माण र डिजाइन गरिएको छ । ’याक बाइक्स’ को अद्वितीय ब्रान्डिङ पनि इलेक्ट्रोनिक बाइक पारखीहरूको लागि रोजाइको महत्त्वपूर्ण कारक बन्न सक्ने कम्पनीले बताएको छ । 

बाइक सार्वजनिक करण समारोहमा जैष्णवी ग्रुपकी अध्यक्ष स्मृति पालिखेले विद्युतीय बाइक नेपाली बजारमा ल्याउने यस पहलले अर्थतन्त्रलाई टेवा पुग्ने मात्र नभई वातावरण संरक्षणमा समेत सहयोग पुग्ने बताइन् । 

उनले नेपालले अहिले सामना गरिरहेको दुई प्रकारका वातावरणीय चुनौतीहरूप्रति आफ्नो चासो देखाएकी थिइन् । प्राकृतिक स्रोतसाधनमाथिको दबाबबाट उत्पन्न हुने समस्या र जलवायु परिवर्तनबाट उत्पन्न हुने समस्या जसका लागि वास्तवमा हाम्रो देश जिम्मेवार छैन । उनले भनिन्, “तर भविष्यमा अझ गम्भीर असर नेपालले भोग्नुपर्छ । विकासको दिगोपन अहिले हामीले प्रयोग गरिरहेका वातावरणीय व्यवस्थापन र स्रोतसाधनमा भर पर्छ भन्ने स्पष्ट छ ।''

 त्यसैले आजको श्रोत व्यवस्थापनमा हुने खर्च नै सुरक्षित भविष्यका लागि भरपर्दो लगानी हो भन्ने विश्वासका साथ जैष्णवी ग्रुपले  ’याक बाइक्स’ लाई नेपालमा भित्राउने निर्णय गरेको हो । 

सो अवसरमा जैष्णवी ग्रुपका सीईओ जोन खड्काले भने, “सरकार र नेपाली जनताले लामो समयदेखि खोज्दै आएको किफायती र दिगोपन प्रदान गर्ने उत्कृष्ट वैकल्पिक समाधान प्रदान गर्न  ’याक बाइक्स’ हरू यहाँ ल्याइएको हो । वातावरण मैत्री विद्युतीय सवारीहरूको प्रयोगले अहिले देखापरिरहेका समस्याहरूको  समाधान प्रदान गर्दछन् । नेपालको आर्थिक अवस्थाका हिसाबले पनि विद्युतीय बाइक उपयुक्त विकल्प हुन सक्छ ।“

बर्सेनि बढ्दै गएको आयातका कारण नेपालले भोग्दै आएको आर्थिक दबाबलाई विद्युतीय सवारी साधनको प्रयोगबाट कम गर्न सकिने जैष्णवी ग्रुपको विश्वास छ । आयातित इन्धनमा नेपालको निर्भरता कम गर्न यसले ठुलो भूमिका खेल्न सक्ने कम्पनीले दावी गरेको छ । आयात घटाउने यही उद्देश्यले बाइक नेपालमा एसेम्बल गर्ने तयारी समेत गरेका बताएको छ । 

नेपालमा नै एसेम्बल गरिएको याक वाइकले आर्थिक विकास लक्ष्यहरूलाई समर्थन गर्न, पूर्ण विद्युतीय सवारी साधन, वातावरण मैत्री सवारी, नेपालमा नै एसेम्बल गरिएको, नेपाल सरकारको कानुन र नियमहरू अन्तर्गत पूर्ण रूपमा सञ्चालन हुने छ । त्यस्तै, नेपालका सहरलाई हरित सहरमा परिणत गर्ने उद्देश्य पुरा गर्न, नेपाली ब्रान्ड र नामलाई स्थानीय र अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्न यसले मद्दत गर्ने छ ।  

साथै, ५०० भन्दा बढी न्यून आय भएका र बेरोजगारहरूका लागि रोजगारी सृजना गर्न समेत मद्दत गर्ने कम्पनीले लक्ष लिएको छ । यसले बेरोजगारीको समस्या कम गर्न मद्दत गर्छ । सस्थागत सामाजिक उत्तरदायित्वहरूको लागि पनि समेत प्रतिबद्ध रहेको कम्पनीले दावी गरेको  छ ।  कम्पनीले काठमाडौँ उपत्यकाका प्रमुख भागमा विद्युतीय चार्जिङ हब स्थापना गर्ने छ जसले सवारी यात्रु र सर्वसाधारण दुवैलाई फाइदा पुग्ने जनाएको छ ।
 

प्रतिक्रिया दिनुहोस