aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

पूँजीगत लाभकर गणनामा जुट्यो सहमति

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०९ साउन २०७६
पूँजीगत लाभकर गणनामा जुट्यो सहमति

काठमाडौं । पूँजीगत लाभकर गणनाको कागजी प्रक्रिया हटाउने सहमति भएको छ । बुधबार नेपाल धितोपत्र बोर्डमा भएको सर्वपक्षीय छलफलमा हाल कार्यान्वयनमा आइसकेको कागजी गणना प्रक्रिया हटाउने सहमति भएको हो ।

साउन १ गतेदेखि धितोपत्र कारोबारमा पूँजीगत लाभकर गणनाा गर्दा भारित औसत लागतको आधारमा गणना गर्नुपर्ने व्यवस्था अनुसार स्पष्ट आधार नभएकाले समस्या भएको थियो ।

बुधबार भएको सहमति अनुसार अहिलेसम्म भएको कारोबारका आधारमा निश्चित मूल्य तोकिने सीडीएसका  प्रवक्ता सुरेश न्यौपानेले बताए । उनका अनुसार छलफलको निचोड भनेको लाभकर गणनाा प्रक्रिया अटोमेशन प्रणालीमार्फत गर्न पहल गरिने हो ।  यो समाचार आजको अभियान दैनिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस