aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

जोशी हाइड्रोपावरको तिन आर्थिक वर्षको साधारण सभा सोमवार हुदै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०२ माघ २०७८
जोशी हाइड्रोपावरको तिन आर्थिक वर्षको साधारण सभा सोमवार हुदै

काठमाडौं । जोशी हाइड्रोपावर कम्पनीले तिन आवको वार्षिक साधारण सभा सोमवार माघ ३ गते हुदैछ । कम्पनीले पाँचौ,छैटौं र सातौ वार्षिक साधारण सभा माघ ३ गते सोमवार गर्न लागेको हो ।   

सभा बिहान ल्याण्डमार्क हल दरवारमार्गमा बिहान ११ः३० बजे गर्ने जानकारी गराएको छ । सभाले आव २०७५/७६, २०७६/७७ र आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारीत गर्नेछ । त्यसैगरी सभाले आव २०७८/७९ को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारीश्रमिक निर्धारण गर्ने र संस्थापक शेयरधनीहरुको तर्फबाट तिन जना र सर्वसाधारणको तर्फबाट २ जना सञ्चालकको नियुक्ती गर्ने प्रस्ताव पारीत गर्नेछ । 

कम्पनीले साधारण सभा प्रयोजनको लागि पुस २१ गते बुक क्लोज गरीसकेको छ । यस आधारमा पुस २० गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन सक्नेछन् । कोभिड सक्रमणका कारण सभा भर्चुअल माध्यमबाट हुने जानकारी गराएको छ ।   
 

प्रतिक्रिया दिनुहोस