aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

बुद्धभूमि नेपाल हाइड्रोपावरको आईपीओ सूचीकृत, सोमवारदेखि कारोबारमा आउने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०२ माघ २०७८
बुद्धभूमि नेपाल हाइड्रोपावरको आईपीओ सूचीकृत, सोमवारदेखि कारोबारमा आउने

काठमाडौं । साताको आइतवार नेप्सेमा बुद्धभूमित नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको आइपीओ सुचिकृत भएको छ । कम्पनीको कुल ४० लाख कित्ता साधारण शेयर सुचिकृत भएको हो । 

अव यो शेयर सोमवार देखि कारोबारमा आउनेछ । कम्पनीले सर्वसाधारणको लागि निष्कासन गरेको ८ लाख कित्ता, उद्योग प्रभावित क्षेत्रका बासिन्दाका लागि निष्कासन गरेको ४ लाख कित्ता र कम्पनीका संस्थापकहरुले लगानी गरेको २८ लाख कित्ता गरेर कुल ४० लाख कित्ता साधारण सुचिकृत गराएको हो । 

माघ २ गते नेपाल स्टक एक्सचेञ्ज र कम्पनी बिच धितोपत्र सुचिकरण सम्झौता सम्पन्न भएसँगै सोमवार देखि कारोबारमा आउनेछ । पहिलो कारोबारका लागि कम्पनीले प्रतिकित्ता रू. ८४ दशमलव  दशमलव ०५ देखि २५२ दशमलव १५ ओपन रेञ्ज पाउनेछ ।

नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थको तिनगुणा सम्म ओपन रेञ्ज तोक्ने भएकाले उक्त रेञ्ज पाउने देखिएको हो । साथै कम्पनीले सुचिकरण पश्चात दिुन पर्ने आररिटएस सम्बन्धी सम्पूर्ण सेवा सिद्धार्थ क्यापिटल लिमिटेड  नक्सालबाट दिने जानकारी गराएको छ ।  
 

प्रतिक्रिया दिनुहोस