aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

नेको इन्स्योरेन्सद्वारा १५.७९ प्रतिशत लाभांश घोषणा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०३ माघ २०७८
नेको इन्स्योरेन्सद्वारा १५.७९ प्रतिशत लाभांश घोषणा

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्ष ०७७/७८ को मुनाफाबाट कुल १५ दशमलव ७९ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ । कम्पनीको माघ ३ गते विहान बसेको सञ्चालक समितिको बैठकले गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा १५ प्रतिशत बोनस शेयर र बोनस शेयर कर प्रयोजनका लागि मात्र शून्य दशमलव ७९ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो । 

प्रस्तावित यो लाभांश वीमा समितिले स्वीकृति दिएमा आगामी साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।
 

प्रतिक्रिया दिनुहोस