aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

किसान लघुवित्तले २५ प्रतिशत बोनस शेयर वितरण गर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०३ माघ २०७८
किसान लघुवित्तले २५ प्रतिशत बोनस शेयर वितरण गर्ने

काठमाडौं । किसान लघुवित्त वित्तीय संस्थाले आव २०७७/७८ को मुनाफाबाट २५ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ । कम्पनीको माघ २ गते बसेको सञ्चालक समितीको बैठकले गत वर्षको मुनाफबाट हाल कायम चुक्तापूँजीको आधारमा उक्त बोनस शेयर वितरण गर्ने निर्णय गरेको हो । 

हाल कम्पनीको चुक्तापूँजी  ३९ करोड २८ लाख ८ हजार रुपैयाँ रहेको छ । सोही पूँजीको आधारमा रू. ९ करोड ८२ लाख २ हजार बराबरको बोनस शेयर वितरण गर्ने निर्णय कम्पनीले गरेको हो । प्रस्तावित यो लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएमा कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।

प्रतिक्रिया दिनुहोस