aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

जोशी हाइड्रोपावरको तिन आवको संयुक्त साधारण सभा आज

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०३ माघ २०७८
जोशी हाइड्रोपावरको तिन आवको संयुक्त साधारण सभा आज

काठमाडौं । जोशी हाइड्रोपावर कम्पनीले तिन आवको वार्षिक साधारण सभा माघ ३ गते गर्ने भएको छ । सभा ल्याण्डमार्क हल दरबारमार्ग काठमाडौंमा बिहान ११ः३० बजे शुरु हुने जानकारी गराएको छ ।

कम्पनीको पुस ११ गते बसेको सञ्चालक समितीको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो । सभाले आव २०७५/७६ ,२०७६/७७ र आव २०७७/७८ को वार्षिक प्रतिबेदन छलफल गरी पारीत गर्ने र आव २०७८/७९ को लागि लेखापरिक्षकको नियुक्ती गर्ने र निजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव पारीत गर्नेछ ।

त्यसैगरी सभाले संस्थापक समूहको प्रतिनिधित्व गर्ने ३ जना र सर्वसाधारण समूहको प्रतिनिधत्व गर्ने २ जना सञ्चालकको नियुक्ती गर्ने प्रस्ताव पनि पारीत गर्नेछ । कम्पनीले साधारण सभा प्रयोजनको लागि पुस २१ गते एक दिन बुक क्लोज गर्ने भएको छ । यस आधारमा पुस २० गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।
 

प्रतिक्रिया दिनुहोस