aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

बरुण हाइड्रोपावरको स्थगित साधारण सभा माघ १२ गते हुने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०४ माघ २०७८
बरुण हाइड्रोपावरको स्थगित साधारण सभा माघ १२ गते हुने

काठमाडौं । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडको यस अघि स्थगित १८औं वार्षिक साधारण सभा माघ १२ गते हुने भएको छ । यस  अघि कम्पनीले पुस २९ गतेको लागि तय गरेको सभा गणपूरक संख्या नपुगेपछि स्थगित भएको थियो । 

कम्पनीको रजिष्टर्ड कार्यालय, अनामनगर, काठमाडौंमा विहान ९ बजे भर्चुअल माध्यमबाट सभा गर्ने निर्णय कम्पनीले गरेको हो । सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्ने र २०७३ साल असार २० गते सम्पन्न विशेष साधारण सभाबाट पारित भएको शतप्रतिशत हकप्रद शेयर निष्कासनको प्रस्तावलाई निरन्तरता दिने निर्णय गर्नेछ । 

पुस २९ गतेको साधारण सभाका लागि कम्पनीले पुस १६ गते एक दिन बुक क्लोज गरेको थियोे । सोही बुक क्लोजको आधारमा सभामा सहभागीता जनाउन सकिनेछ ।
 

प्रतिक्रिया दिनुहोस