
काठमाडौं । जोशी हाइड्रोपावर कम्पनीले माघ ३ गतेका लागि बोलाएको तिन आर्थिक वर्षको वार्षिक साधारण सभा स्थगित भएको छ । कम्पनीको सभाका लागि गणपूरक संख्या नपुगेपछि स्थगित गरिएको हो । कोभिड जोखिमका विच स्थगित यो सभा पुनः आव्हानका लागि सभा हुने मिति , स्थान र समय सहित पुनः सुचना जारी गर्ने जानकारी कम्पनीले दिएको छ ।
कम्पनीले सभाका लागि विगत तीन आर्थिक वर्ष २०७५/७६ ,२०७६ /७७ र आव २०७७/७८ को वार्षिक प्रतिबेदन छलफल गरी पारीत गर्ने र आव २०७८/७९ को लागि लेखापरिक्षकको नियुक्ती गर्ने र निजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव तय गरेको थियो । त्यसैगरी सभाले संस्थापक समूहको प्रतिनिधित्व गर्ने ३ जना र सर्वसाधारण समूहको प्रतिनिधत्व गर्ने २ जना सञ्चालकको नियुक्ती गर्ने प्रस्ताव पनि गरेको थियो ।
साविकका यी प्रस्तावहरु सहित कम्पनीले पुनः साधारण सभा आव्हान गर्नेछ । कम्पनीले यस अघिको साधारण सभा प्रयोजनको लागि पुस २१ गते एक दिन बुक क्लोज गरेको छ । यस आधारमा सोही बुक क्लोजको मिति कायम भएमा पुस २० गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन पाउनेछन् ।
प्रतिक्रिया दिनुहोस