aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

संचित रकम शुन्यमा पुग्यो, तेल किन्न ऋण लिनुपर्ने अवस्था आयोः आयल निगम

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०४ माघ २०७८
संचित रकम शुन्यमा पुग्यो, तेल किन्न ऋण लिनुपर्ने अवस्था आयोः आयल निगम

काठमाडौं । नेपाल आयल निगमले तेल किन्न ऋण लिनुपर्ने अवस्था आएको जनाएको छ। निगमले एक विज्ञप्ति सार्वजनिक गर्दै निगमसंग संचित रकम सकिएपछि तेल किन्न ऋण लिनुपर्ने अवस्था आएको बताएका हो ।  

विज्ञप्तिमा जनाए अनुसार अन्तर्राष्ट्रिय बजारमा बढेको मूल्यअनुसार नेपालमा मूल्य समायोजन गर्न नसक्दा यसै महिनादेखि तेल किनेको रकम भुक्तानी गर्न ऋण लिनुपर्ने अवस्था आएको छ। भारतीय आयल निगमलाई इन्धन खरिदका लागि तिर्नुपर्ने झण्डै २ अर्ब रुपैयाँ अपुग भएको छ। यो आउँदो जनवरी २३ अर्थात् माघ ८ गते गर्नुपर्ने भुक्तानीका लागि अपुग रकम हो। यसको व्यवस्थापनका लागि ऋण लिनुपर्ने वा मूल्य स्थिरीकरण कोषमा बाँकी भएको रकम प्रयोग गर्नुपर्ने स्थिती देखिएको छ।

निगमका अनुसार पुस मसान्तसम्म निगम १९ अर्ब २६ करोड रुपैयाँ घाटामा रहेको र माघ एकमा भारतीय आयल कर्पोरेसनबाट प्राप्त नयाँ मूल्यपछि निगमको घाटा २१ अर्ब ५० करोड पुग्ने मूल्य समायोजन गरिए पनि महिनाको झण्डै चार अर्ब रुपैयाँ घाटा रहेको छ। आउँदो तीन महिनासम्म देशभर पेट्रोलियम पदार्थको आपूर्ति सहज बनाई राख्न झण्डै १२ अर्ब रुपैयाँ थप रकम आवश्यक पर्ने निगमले जनाएको छ।   

प्रतिक्रिया दिनुहोस